५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपति पौडेलको छातीमा संक्रमण



काठमाडौं, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमण भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
सोमबार राष्ट्रपति पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका प्रयोगशालामा पठाइएको थियो। पौडेलको सोमबार नै भिडियो एक्सरे गर्दा फोक्सोको बाहिरी झिल्लीमा थोरै पानी जमेको देखिएको थियो। त्यसपछि चिकित्सककै सिफारिसपछि फोक्सोको झिल्लीमा जम्मा भएको पानी निकालेर परीक्षणका लागि पठाइएको अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।