५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राम्रो कथा भएको फिल्मबाट अफर नै आएनः सलिनमान बानियाँ



काठमाडौं, ६ वैशाख । अभिनेता सलिनमान बानियाँ आज भाेली अनलाइन भिडिओ गेम पब्जीमा व्यस्त देखिन्छन्। सलिनमानका फ्यानले भने उनको नयाँ फिल्मको प्रतीक्षा गरेकै छन्। उनले भने नयाँ फिल्म काम गर्ने सम्झौतासमेत गरेका छैनन्। पब्जी खेल्ने क्रममा पनि उनका फ्यान उनलाई नयाँ फिल्मबारे सोधिरहेका हुन्छन्। उनले फ्यानसँग गुनासो गर्दै भन्ने गरेका छन्, ‘राम्रो कथा भएको फिल्मबाट अफर नै आएन।’

उनले आफ्ना फ्यानसँग नेपाली फिल्मको कथा भन्ने शैली पुरानै भएको र काम गर्ने रहर मरेको पनि बताएका छन्। आफ्नो नयाँ फिल्म कहिले आउने आफैँलाई थाहा नभएको भन्दै सलिनमानले फ्यानलाई आफ्ना २ फिल्ममै चित्त बुझाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।