१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ताहाचलमा करेन्ट लागेर एक श्रमिकको मृत्यु



ड्रिल मेसिनको सहायताले खन्ने क्रमम करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएको थियो

९ वैशाख । काठमाडौंको ताहाचलमा करेन्ट लागेर एक श्रमिकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका १३ ताहाचलस्थित उकेश नकर्मीको नयाँ निर्माण गर्न लागेको घरको जग राख्ने क्रममाा करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका घर भई हाल काठमाडौं ताहाचल डेरा गरी बस्ने ३५ वर्षीय जिबन तामाङको शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई ड्रिल मेसिनको सहायताले खन्ने क्रमम करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।