२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सकम्बरी’ गीतले ‘शिरीषको फूल’ लाई अन्याय गर्‍योः पारिजात स्मृति केन्द्र



काठमाडौं, ११ वैशाख । गायक प्रकाश सपुतले गीतिभिडियो ‘सकम्बरी’ मा साहित्यकार पारिजातको उपन्यास ‘शिरीषको फूल’ का पात्रको नाम राखेकोमा पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ। उपन्यासका पात्रहरू सुयोगवीर र सकम्बरीको प्रयोग गीतिभिडियोमा गर्दा केन्द्रसँग अनुमति नलिएको महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

‘साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र शिरिषको फूल पुस्तक समेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि यस केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि छैन। यसबाट प्रतिलिपि अधिकारको पनि उल्लङ्घन भएको छ।’

महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको भन्दै पारिजातको कृतिमाथि अन्याय भएको केन्द्रको ठहर छ। ‘यस प्रकारका अनधिकृत छायाँकनबाट सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै वहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ। स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै श्री प्रकाश सपूतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृष्यहरु सच्याउन माग गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।