५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुलीमा कार दुर्घटना, २ जनाको मृत्यु, १ जना गम्भीर



काठमाडौं, १७ वैशाख । सिन्धुली कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईंको मृत्यु भएको छ।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नम्बरको कार आइतबार बिहानै पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा दुर्घटना भएकाे थियाे।

कार चालक पुरी र प्रसाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा परी प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ ७० मिटर तल भिरमा खसेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।