२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अर्घाखाँची आगलागीः थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो



काठमाडौं, २७ वैशाख । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ। कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको संख्या चार पुगेको हो।

मंगलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको हाे ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो। पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकामा उपचारका लागि लैजाँदै गर्दा बाटो र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

आगलागीमा परी घाइते भएका तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पताल पुगेपछि मृत्यु भएको उपचारमा संलग्न स्थानीय विष्णु वेल्वासेले बताए।

साथै ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा मृत्यु गएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका छन्। सन्धिखर्क नगरपालिका–४ वाङलामा रहेको मुस्लिम बस्तीमा आगालागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।