३० वैशाख । बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् ।
शुक्रबार उनलाई फाउन्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएसँगै प्रहरीले ७५ वर्षीय राईलाई पक्राउ गरेको हो ।
उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालय परिसरमा चल्दै आएको छ ।







प्रतिक्रिया