२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा सिने सर्कल अवार्डको रमझम (तस्विरहरु)



सर्वश्रेष्ठ अभिनेत्री उत्कृष्ट अभिनेत्रीतर्फ केकी अधिकारी, झिंगेदाउ (२०७९),सुरक्षा पन्त, आमा (२०७८) र स्वस्तिमा खड्का, बुलबुल (२०७७)भएका छन्

 

३० बैशाख । राजधानीमा शुक्रबार सिने सर्कल अवार्ड वितरण गरिएको छ । २०७७ सालको उत्कृष्ट चलचित्र गोपी,२०७८ को आमा र २०७९ को महापुरुषलाई अवार्ड दिइएको छ ।


केरोना महामारीका कारण तीव बर्षकै उत्कृष्ट चलचित्रहरुलाई अवार्ड वितरण गरेको आयोजक पक्षले जानकारी दिएको छ । सर्वश्रेष्ठ अभिनेत्री
उत्कृष्ट अभिनेत्रीतर्फ केकी अधिकारी, झिंगेदाउ (२०७९),सुरक्षा पन्त, आमा (२०७८) र स्वस्तिमा खड्का, बुलबुल (२०७७)भएका छन् ।


कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयीलाई अवार्ड प्रदान गरेका छन् । कार्यक्रममा भान्सेको काम गरेर चलचित्र कर्मीहरुलाई सेवा गर्ने सन्तु तामाङ र मेकअप गरेर कलाकारलाई सुन्दर बनाउने कूलबहादुर महतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।


२०७९ को सर्वश्रेष्ठ निर्देशक प्रदीप भट्टराई चलचित्र महापुरुषबाट, सर्वश्रेष्ठ अभिनेता हरिवंश आचार्य महापुरुषबाट, सर्वश्रेष्ठ फिल्म महापुरुष, सर्वश्रेष्ठ अभिनेत्री केकी अधिकारी झिंगेदाउबाट, सर्वश्रेष्ठ पटकथा प्रदीप भट्टराई महापुरुषबाट, सर्वश्रेष्ठ छायांकन विष्णु कल्पित झिंगेदाउबाट, सर्वश्रेष्ठ सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारी प्रेमगीत ३ बाट,सर्वश्रेष्ठ स्क्रिन कपल धीरज मगर र अदिती बुढाथोकी बाबरी बाट र सर्वश्रेष्ठ निर्देशक प्रदीप भट्टराई महापुरुषबाट अवार्ड उचालेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।