२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाह शिवुसँग नाचेपछि…



ललितखबर
६ जेठ । राजधानमा आफ्नै म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अभिनेता पल शाह सञ्चारकर्मी शिवु पाण्डेसँग नाचेका छन् ।
कार्यक्रममा सञ्चारकर्मी पाण्डेले नाच्न आग्रह गरेपछिशाह नाचेका थिए । नाच्ने क्रममा शाहले मोडल सनिशा भटराईलाई बेवास्ता गरे ।
सञ्चारकर्मीहरुको भीडभाडको बीचमा अभिनेता पल शाह र मोडल शनिशा भटराईले अभियन गरेको म्युजिक भिडियो ‘आँसु बनी नखस कैले नि’बोलको गीत सार्वजनिक गरिएको थियो ।
गायक ऋषि खड्का र गायिका अनु चौधरीको स्वर रहेको गीतमा १२ मिनेट ५५ सेकेण्डको भिडियो बनाइएको छ ।
भिडियो मुस्ताङमा खिचिएको छ । सिनेमेट्रोग्राफी अर्जुन तिवारीले गरेका छन् भने भिडियो शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा सुन्दर हिमाल र पहाडको दृश्य समेटिएको छ । केन्द्र मोसन पिक्चर्सले आज अपरान्ह भिडियो युट्युवमा अपलोड गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।