१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालेनविरुद्ध रिट दर्ता



६ असार । काठमाडौंका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’विरुद्ध हल सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्।
क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष¹ प्रदर्शनमा रोक लगाएको भन्दै बुधबार उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन्।
मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।
बिहीबार नै अन्तरिम आदेश जारी गर्न हल सञ्चालहरूले उच्च अदालतसँग माग गरेका छन्। बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंको हलमा प्रदर्शन गर्न रोक लगाएका थिए।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।