११ असार । काठमाडौबाट भैरहवा उड्न लागेको बुध्द एयरको ८५९ जहाजमा समस्या देखिएको छ । सोमबार अपराह्न साढे ४ बजे उडान भर्नका लागि रनवेमा पुग्दै गर्दा विमानको स्मोक डिटेक्टरमा समस्या देखिएको थियो ।
विमानमा समस्या देखिएपछि रनवेमा नपुग्दै विमानलाई फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका प्रवक्ता टेकनाथ सिटौला बताए । उक्त विमानमा समस्या देखिएपछि यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको छ ।







प्रतिक्रिया