३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वेथानचोकको पुराणबाट ८० लाख संकलन


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
काभ्रे
१९ फागुन २०७४


काभ्रेपलान्चोक वेथानचोकमा लगााइएको श्रीमत् भावगत् महापुराणमा स्थानीय भक्तजनहरुको उत्साहजनक सहभागीता देखिएको छ । वेथानचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्ने उद्देश्यले जारी महापुराणमा ८० लाख रुपैया भन्दा धेरै रकम संकलन भएको आयोजकले जानकारी दिएको छ ।
महापुराणबाट संकलन भएको रकमबाट यस ठाँउलाई धार्मिक पर्यटकीय स्थल विकाशका लागि खर्च गर्ने उद्देश्य छ । यहाँ तिलेश्वर मन्दिरलाई पुरानो संरचनामा पुर्ननिर्माण गरिनेछ ।
मन्दिर पुर्ननिर्माण्का लागि सिन्धुपाल्चोक निवासी रामकृष्ण प्याकुरेलले नगद रु.१लाख १ हजार दान गरेका छन् । त्यस्तै वेथानचोककै अक्कल बहादुर दमाईले रु. २५ हजार ५ सय ५५ दान दिएका छन् । सोही ठाँउका केदार प्रसाद कोइराला र राम बहादुर लोप्चनले क्रमशः १लाख ११ हजार १ सय ११ र २७ हजार ७सय ७७ दान दिएका छन् ।
वेथानचोकमा कथा श्रवण गर्ने हिन्दु धर्मालम्बीहरुको उल्येख्य सहभागितामा श्रीमत् भागवत कथा वाचन भइरहेको छ । वेथानचोकको ऐतिहासिक पुरातात्विक तिलेश्वर महादेव परिसरलाई धार्मिक स्थललाई आवश्यक संरचना निर्माण गरि भार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्न महायज्ञ आयोजना गरिएको सहकथा वाचक मुमुक्षु उद्धव शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ८ : ४७ बजे