२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ह्यासट्याग माया’को छायाँकन गरेर फर्केका अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या



शुक्रबार विहान उनले घरको सिडीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्

२२ असार । बिहिबार चलचित्र ‘ह्यासट्याग माया’को छायांकन गरेर फर्केका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार शुक्रबार विहान उनले घरको सिडीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

उनले ‘इन्टु मिन्टु लण्डनमा, रानी, मेरी मामु’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

पछिल्लो समय अभिनेत्री नायिका नम्रता श्रेष्ठसँग ‘ह्यासट्याग माया’ चलचित्र सुटिङ चलिरहेको थियो । छायांकन करिब ४० प्रतिशत सकिएको अवस्थामा उनले आत्महत्या गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।