५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि



२२ असार । अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।
सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को-स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति त्यहाँ थियो । सारुकको शवलाई त्यहाँ लैजाँदा आर्यघाटको माहोल स्तब्ध र भावुक बनेको थियो । कतिपय कलाकारले अभिनेताको सम्झनामा आँसु बगाए ।

बिहीबार बेलुका अभिनेता ताम्राकार काठमाडौंको रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक अवस्थामा उनको मृत्यु आत्महत्याबाट भएको बता एपनि थप अनुसन्धान हुने जनाएको छ । उनको मृत्युको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।