२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘दमाई महाराज’ सार्वजनिक(भिडियोसहित)



५ साउन । लोकगायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन्। गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन्।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्। गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ। मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।