४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भृकुटीमण्डपमा नेकपाको चिया खानेको भीड


२९ आश्विन २०७६, बुधबार  

0
Shares

 

चियापान कार्यक्रममा सहभागीहरु । तस्विर ः ललितपुर खबर

ललितपुरखबर फोटोग्राफी

२९ असोज ०७६, काठमाडौं । दशैं तिहार छठलगायत पर्वहरुको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरको छ । चियापान कार्यक्रममा सहभागी हजारौं कार्यकर्ताले लड्डु,केरा,कचौडी र चम्किन खाए । नेताहरु कार्यक्रम स्थलमै नेता र विशिष्ट पाहुनाका लागि स्याण्डविच,आलु पकौडा र मिठाई खुवाइएको थियो । दुबै भान्सामा कालो र दुध चिया पनि थियो ।

 

चिया खादै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओली ।

कार्यक्रमको शुरुमा नेकपाका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । दाहालले चियापान पार्टीहरुको राजनीतिक संस्कृतिको रुपमा विकाश भएको तर्क गरे ।
उनले भने,हामीले सबै जातजातीले मनाउने पर्वहरुको सम्मानमा यो चियापान कार्यक्रम आयोजना गरेका हौं ।
कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बोल्दै,सरकारले धेरै काम गरेको जिकिर गरे उनले भने भर्खर पाइप लाइन उद्घाटन गर्यौ। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ठूला जहाज उड्न सक्नेबनाएका छौं । यस्तै धेरै काम भइरहेका छन् ।

कार्यक्रममा हजारौं नेता कार्यकर्ता भृकुटीमण्डप पुगेका थिए ।

चियापानको निम्तो मान्न पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा ।
खाजा खाँदै माधव नेपाल ।
चियापानमा नाच्दै कार्यकर्ता ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : २८ बजे