५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक



चलचित्रमा अभिनेत्रीहरु स्वस्तिमा खड्का, बर्षा राउत, अभिनेताहरु मुकुन भुषाल,सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ

११ साउन । चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ बोलको गीत सार्वजनिक भएको हो ।
एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको गीतमा संगीतकार अविरल र अस्मिता अधिकारीकको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको सार्वजनिक गीतको अडियो र भिडियो रहेको छ ।

कृषा चौलागाईको निर्देशनमा निर्माण गरिएको चलचित्रमा अभिनेत्रीहरु स्वस्तिमा खड्का, बर्षा राउत, अभिनेताहरु मुकुन भुषाल,सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, , भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  २ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।