८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर बाल सुधार गृहमा एक किशोरको मृत्यु



३ भदौ । भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्यु भएको छ। रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो । उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो। अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। अहिले शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।

उनीहरूलाई कमल बिरामी परेको पनि थाहा थिएन।

बालसुधार गृहका कोअर्डिनेटर सन्तुलाल देशे‍मरूंका कमल सामान्य बिरामी परेपछि ओषधी खुवाइएको थियो। उनी शनिबार बेलुका खाना खाएर सुतेका थिए। बिहान ढिलासम्म नउठेपछि अस्पताल पुर्‍याइएको कोअर्डिनेटर देसेमरूंले बताए।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।