२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सक्किगोनी’ का जिग्री र पाँडे बिरुद्ध उजुरी दर्ता


३ कार्तिक २०७६, आइतबार  

0
Shares

३,कार्तिक २०७६,काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रंखला ‘सक्किगोनी’को टिमबिरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

उनीहरुमाथी मिडिया हबले कपिराइटको उजुरी दर्ता गरेको हो ‘सक्किगोनी’का निर्देशक कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे) ले जानकारी दिनुभयो।

भद्रगोलका पुराना कलाकार रहेको यस टिमले मिडिया हबसँग आर्थिक कारोबार नमिलेपछी भद्रगोलबाट छुटिएर टिम उही थिम उहीको साथमा नयाँ हाँस्य टेलिश्रंखला ‘सक्किगोनी’ निर्माण गरेका थिए र भद्रगोलमा भएकै क्यारेक्टरमा नै देखिएका छन् ।

पुरानो भद्रगोलकै क्यारेक्टरमा ‘सक्किगोनी’मा भद्रगोल छाडेका टिम देखिएपछी यसले आफूलाई अप्ठेरो परेकोले उजुरी दर्ता गरेको मिडिया हबका प्रमुख सोमप्रसाद धितालले जानकारी गराउनु भयो । ।

धितालले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको तर पुरानो भद्रगोलको क्यारेक्टर ‘सक्किगोनी’मा प्रयोग गर्न रोकियोस भन्ने माग रहेको बताउनु भयो । यस सम्बन्धमा ‘सक्किगोनी’का निदेर्शक अर्जुन घिमिरे ९पाँडे० ले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको भन्दै यसमा मिडिया हबले दावी गर्न नमिल्ने बताउनु भयो ।

पुरानो टिमले छोडेपछि भद्रगोललाइ दर्शकले त्यति रुचाएका छैनन् भने भद्र्गोलकै पुराना टिमलाई ‘सक्किगोनी’ मार्फता फेरी देख्न पाउँदा दर्शक खुशी भएर छोटो समयमै नै ‘सक्किगोनी’ले निकै लोकप्रियता कमाउन सफल भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।