५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको छ: मदनकृष्ण श्रेष्ठ



२ असोज । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे।

उनले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गरे। उनले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गरे।

उनले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याबासी पाएको महशुस भएको बताए। ‘पहिला अवार्ड पाउँदा एकदम अवार्ड पाएँ र जिम्मेवारी पाएँ जस्तो लाग्थ्यो। अब चाहीँ पैसा आउने पुरस्कार दिएको जस्तो लाग्दो रहेछ’ उनले भने, ‘२५ हजार पनि छ रे नत्र पहिला कागज मात्रै आउँथ्यो। कागज लियो, दंग परेर गयो। अहिले पैसा देखिँदा मजा आयो। अहिले पुरस्कार लिँदा आफूले गरेका काम ठिकै रहेछ र स्याबासी पाएको जस्तो लाग्यो।’

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।