२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आगामी पाँच महिनाका लागि केन्द्रीय सम्झौताको ‘ए’ श्रेणीमा राख्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि ३० राष्ट्रिय क्रिकेटरलाई केन्द्रीय सम्झौतामा समेटेको थियो । तर, त्यसबेला बलात्कार मुद्दाका कारण निलम्बित बनेका सन्दीप भने सम्झौताका अटाएका थिएनन्…