काठमाडौं । रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका–३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं आउँदै थियो । प्र ३ –०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ ।…