भक्तपुर, २८ वैशाख । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ घर भई हाल भक्तपुर–ठिमी ४ बस्ने ४६ वर्षीय भावना श्रेष्ठ रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको…