२० वैशाख । काठमाडौं महानगरपालिका–६ स्थित भुवलडाँडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि श्रीमान आफै प्रहरी समक्ष पुगेका छन् । प्रहरी वृत्त बौद्धमा बुधबार बिहान ८ बजेर ४० मिनेटमा श्रीमान श्रीमतीलाई कुटेर हत्या परे भन्दै पुगेका थिए । गेटमा खटिएका सुरक्षाकर्मीले डीएसपी राजु पाण्डेलाई खबर गरे । तत्काल पाण्डे आफ्नो टिमसहित घटनास्थलमा पुगे…