२९ चैत । महालक्ष्मी नगरपालिका-३ ईमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेण्टका संचालक चितवन कालिका नगरपालिका-६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जनालाई रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।…