५ चैत । सुन तस्कर र सहकारी ठगहरुलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संंघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। सोमबार नेविसंघ पशुपति क्याम्पस इकाइले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन…