२१ माघ । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ। पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ। ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। ती सईले…