१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको लाकुरी भञ्ज्याङमा बन फडानी विवाद



२० फागुन । केही समयअघि ललितपुर महालक्ष्मी नगरपालिकाले महालक्ष्मी महोत्सवको क्रममा वन अबैध फडानी गरेको विवाद उत्कर्षमा पुग्यो ।
लाकुरी भञ्ज्याङस्थित पुरानो विद्यालय परिसरमा महोत्सवको लागि पार्किङ स्थल निर्माण गरेपछि एक पक्षले जनप्रतिनिधिहरुमाथि वन मासेको आरोप लगाए भने अर्को पक्ष सरकारी विद्यालयमा राजनीतिक पार्टीको शक्तिको आडमा बर्षैंसम्म भाडा नतिरि भट्टी पसल सञ्चालन गरेको र हटाउने आशंकामा झूटो आरोप लगाएको भन्दै प्रतिवाद  गरे ।
महोत्सवको क्रममा महालक्ष्मी १० लाकुरी भञ्ज्याङमा पार्किङलगायतको संरचना निर्माण गर्न केन्द्र सरकारको अधिनमा रहेको वन परिसरमा स्थानीय सरकार महालक्ष्मी नगरपालिकाले फडानी गरेर पार्किङ निर्माण गरेको भन्दै स्थानीयले विरोध गरे ।
डिभिजन वन कार्यालय ललितपुरका उप वन डिभिजन अधिकारी शान्तकुमार श्रेष्ठ भने वन अधिकारी श्रेष्ठ झण्डै एक बर्ष अघि रुख काटेको सूचना प्राप्त भएको बताउछन् । उनले भने, ’ पार्किङ निर्माण गर्नुअघि नै रुख काटेर बेच्नेबाट हामीले वन फडानीको सूचना पाएका थियौं ।’ वन फडानीको सम्बन्धमा थप बुझ्न नगरपालिका र वन उपभोक्ता समितीलाई पत्र लेखेको बताउछन् ।
पछिल्लो समय नगरपालिकाले नीतिगत निर्णय गरेरै संघीय सरकारको अधीनमा रहेको बन मासेको गाँउलेहरु आरोप लगाउछन् । डिभिजन वन कार्यालयले ‘वनका सम्बन्धमा के भएको हो’ भन्दै पत्र लेखेको छ ।
नगरपालिकाले विकासको काम गर्न लागेको भए प्रकृया पुरा गरेर मात्रै गर्नु पर्ने उनी बताउछन् । भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं । दोषि भेटिए कारवाही हुन्छ ।’
माथिल्लो पात्ले वन उपभोक्ता वन समितीको संरक्षणमा रहेको बन रेखदेख गर्ने जिम्मा वन उपभोक्ता समितीको भए पनि वनको संरक्षण हुन नसकेको स्थानीयहरुको बासिन्दा गुनासो छ । पुरानो विद्यालय परिसर समेत रहेको यस ठाँउमा नगरपालिकाले महोत्सवका लागि भत्काएर पाकिङ बनाएको थियो भने झण्डा राष्ट्रिय झण्डा राखेको थियो ।
पार्किङ निर्माण अघि भुकम्प आउँदा टहरा बनाउदा रुख काटेको माथिल्लो पात्लेवन उपभोक्ता समिती अध्यक्ष विरमान तामाङ स्वीकार गर्छन् । तर पार्किङ निर्माण गर्दा वन नछोएको उनको दाबी छ ।
समितीका अध्यक्ष  तामाङ सामुदायिक वनको रुख नकाटेको दाबी गर्छन् । भन्छन्, ‘हामीले वन छोएका छैनौं । गाँउलेले राजनीतिक प्रतिसोध राखेर वन मासेको आरोप लगाइरहेका छन् ।’
स्थलगत निरिक्षण गर्दा सबै कुरा प्रष्ट हुने उनको भनाई छ । अध्यक्ष विरमान भन्छन्, ‘तपाई आफै आएर हेर्नुस् न ।’
पुर्व वडाध्यक्ष बलराम लामा विद्यालयमा भट्टी पसल राखेको र हटाउन खोजेपछि रुख बेचेको आरोप लगाएको उनी बताउछन् । यहाँ १० बर्षदेखि भट्टी पसल सञ्चालनमा छ । पसल सञ्चालनवापत कही कतै भाडा नतिरेको उनको दाबी छ ।
महालक्ष्मी नगरपालिका १० का वडाध्यक्ष विजय लामा पनि  वनको रुख नकाटेको दाबी गर्छन् । उनी विद्यालय परिसरमा ठूलो खाडल पुरेको बताउछन् । यस ठाँउलाई बजार व्यवस्थापन गर्न लागेको उनले बताए । रुख कटान गरिएको सम्बन्धमा वन कार्यालयले वडालाई पत्र काटेको तर जवाफ पठाइ नसकिएको उनको भनाई छ ।
घटनापछि वन कार्यालयले निरिक्षण गरेर फर्केको थियो ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ५२ बजे