१० भदौ । काठमाडौं महानगरपालिकाले आइतबार अनामनगरस्थित धोबी खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाएको छ। भाटभटेनी नजिकैको पुलबाट थापा गाउँ तिरको उत्तरतर्फ करिब दुई रोपनी क्षेत्रफलमा बनाइएका अवैध संरचनामा डोजर चलाइएको महानगरपालिकाका नगर प्रहरी नवराज अधिकारीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । उनका अनुसार त्यहाँ मोटर साइकल ग्यारेज र चमेनागृह सञ्चालनमा थिए । संरचना हटाउन महानगरले…