८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राष्ट्रिय गानका सर्जक व्याकुल माइला राष्ट्रिय झण्डा बोकेर नल्लु खोलामा



दिगो विकाशका क्रममा बन जंगल, नदि नाला र जीव जन्तुलाई जोगाएर विकाश अघि बढाउनु पर्छ । नत्र हाम्रा आगामी पुस्ताले खोला नाला देद्यन नपाउने खतरा छ

३० भदौं । राष्ट्रिय गानका सर्जक प्रदिप कुमार राई व्याकुल माइला राष्ट्रिय झण्डा बोकेर सरसफाईका लागि नल्लु खोला पसेका छन् ।
शनिबार दक्षिण ललितपुरको नल्लु र भारदेउमा खोला सरसफाई गरिएको हो ।
उनले पहाडमा डोजर चलाएर बन जंगल मास्दै जाँदा पानी सुक्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘दिगो विकाशका क्रममा बन जंगल, नदि नाला र जीव जन्तुलाई जोगाएर विकाश अघि बढाउनु पर्छ । नत्र हाम्रा आगामी पुस्ताले खोला नाला देद्यन नपाउने खतरा छ ।’

 

हामीले गोदावरी कर्मनासा र नल्लु, नख्खु खोला सरसफाई गरिरहेका छौं

राष्ट्रको लागि २ घण्टा स्वयं सेवा भावनाले सञ्चालित गोदावरीखोला क्षेत्र सरसफाइ अभियान को २३९ हप्ताको सचेतना मूलक सरसफाई कार्यक्रम अन्तर्गत भारदेउ, नल्लु खोलाको सरसफाई अभियानमा सहयोग एवम् सहकार्य गरि सरसफाई कार्यक्रम सम्पन्न गरिएको संयोजक बेबी राजभण्डारीले बताइन् ।
गेदावरी क्षेत्र खोला सरसफाई अभियानकी संयोजक राजधण्डारीले पानीको श्रोत जोगाउन सकेमात्रै ललितपुर क्षेत्रको पर्यावरण जीवन्त रहने देखेर अभियान अघि बढाएको बताइन् । उनले भनिन्, ‘हामीले गोदावरी कर्मनासा र नल्लु, नख्खु खोला सरसफाई गरिरहेका छौं ।’
सरसफाईमा राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला ), बागमती अभियन्ता चित्र सुनुवार , कोन्जोसोम गाउँ पालिका वडा ५ भारदेउ का अध्यक्ष विजयकुमार स्याङतान, वडा सदस्यहरू, इलाका प्रहरी कार्यालय कोन्जोसोम प्रमुख प्रहरी निरीक्षकलगायतको समूह, गोदावरी अभियन्ताहरु , भारदेउ खोला सरसफाई तथा संरक्षण समितिका सदस्यहरू , नल्लु खोला सरसफाई तथा संरक्षण समिति का सदस्यहरू ,बिभिन्न संघ संस्थाका पदाधिकारी, स्थानीयहरुको सहभागिता थियो । गुप्तेश्वर गुफा नजिकको फुल्चोकी जंगलबाट सुरु हुने खोला भारदेउ नल्लु, टिकाभैरव हुँदै नख्खुमा पुगेर वागमतीमा मिसिन्छ । तुलनात्मक रुपमा उपत्यकाको यो नदि सफाई छ । खोला किनारमा मानव बस्ती धेरै नभएकाले अहिलेसम्म सफा नै बग्ने गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ५ : ३८ बजे