२८ भाद्र २०८१, शुक्रबार | Sat Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका नेताहरुले ढोलाहिटी चापागाँउ सडक विस्तारका लागि मुआव्जा मागे, अर्थमन्त्रीले भने, ‘छैन’



ललितखबर
१ असोज । बज्रवाराहीमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत सहभागी भए । बज्रवाराही चापागाँउ अस्पतालको शिलान्याशको मेसो मिलाएर साघुरो सडक देखाउन निम्त्याइएका अर्थमन्त्री महतलाई ललितपुरका नेताहरुले एकै स्वरमा भने, ‘ढोलाहिटी चापागाँउ सडक विस्तारका लागि मुआव्जा चाहियो ।’
कार्यक्रममा भाषण गर्दै अर्थमन्त्री महतले घुमाउरो कुटनीतिक पारामा बजेट छैन भन्दै मुख थुनिदिएका छन् ।


गोदावरी नगरपालिकाका मेगर गजेन्द्र महर्जनले सडक विस्तार नहुँदा ललितपुरको विकाशमा बाधा आइपरेको गुनासो गर्दै यहाँका घर भत्काउन मुआव्जा व्यवस्था गर्न अनुरोध गरे । उनले सरकारले व्यवस्था गरेको ५ करोड बजेटले सडक विस्तार गर्न अपुग भएकोले संशोधन आग्रह गर्न उनको आग्रह थियो ।
बज्रबाराही चापागाँउ अस्पतालको शिलान्याश कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक ऋषिराम फुँयालले सडक विस्तार नहुने हो भने अस्पतालका एम्बुलेन्स सहज रुपमा आउन जान नसक्ने हुँदा सडक विस्तार हुनु पर्ने तर्क गर्दै मुआव्जा थप्न आग्रह गरे ।
ललितपुर क्षेत्र नं. १ का प्रदेश सासंद मिनकृष्ण महर्जनले अर्थमन्त्री महतलाई चापागाँउको बाटो देखाउनकै लागि शिलान्याश कार्यक्रममा निम्तो दिएको बताउदै बाटो विस्तारका लागि मुआव्जा व्यवस्था गर्न आग्रह गरे ।
अर्थमन्त्री प्रकाश शरण महतले देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको, देशको आम्दानी भन्दा खर्च धेरै भएको भन्दै मुआव्जा रकम व्यवस्था गर्नबाट पञ्छन खोजे । उनले कान्तिलोकपथलाई धेरै बजेट दिएको उनको भनाई थियो ।
मुआव्जा तिर्दा तिर्दै विकाश गर्ने पैसा अभाव हुने अवस्था आएको बताए । उनले तानतुन गरेर ५ करोड बजेट व्यवस्था गरिएको उनको तर्क थियो ।
उनले देशभरि मुआव्जाको समस्या रहेको तर्क गर्दै केन्द्रिय सरकारले मात्रै मुआव्जा दिन सक्ने अवस्था नरहेकाले प्रदेश र स्थानीय तहले समेत समानुपातिक रुपमा मुआव्जा दिने व्यवस्था गर्नुपर्ने अवस्था आएको भन्दै घुमाउरो पारामा भने ‘तिमीहरुले नै मुआव्जा देउ । हामीसँगै छैन ।’

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : ५१ बजे