काठमाडौं । काठमाडौंको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको अरनिको राजमार्ग अन्तर्गतको सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तेस्रोपटक सार्वजनिक सूचना जारी गरेको छ। सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत ती क्षेत्रमा नक्सा पास नगरी वा पास विपरीत बनाइएका संरचनाहरू दोस्रोपटकको सूचनामा तोकिएको असार मसान्तको म्यादसम्म पनि नहटाइएकाले यो…