काठमाडौँ वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वनमा डढेलो लगाउनु सार्वजनिक अपराध भएको भन्दै सर्वसाधारणलाई त्यसो नगर्न सुझाएका छन् । महानिर्देशक सुवेदीले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा…