काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण नेपालका केही क्षेत्रहरूमा भारी वर्षा हुने चेतावनी जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ। विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३) दिउँसोदेखि शनिबार (कात्तिक १५) बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशमा रहने छ। ‘मोन्था’ आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी…