१५ चैत । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो। नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रस्तुत गर्दै केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताएका हुन्।…