पाटन ६ फागुन । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन अपराह्न गर्ने कार्यक्रम छ । बैठकमा भाग लिन देशभरबाट दुई हजार एक सय पाँचजना सहभागी हुने छन् । ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले…