१ असार ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पार्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रस्ट पार्नुुभएको हो । भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका…