काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ। पार्टीको अनुशासन समितिको निर्णयअनुसार श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्र दर्ता गरेर गराइएको हो। पार्टीका अनुसार अध्यक्ष श्रेष्ठले विधान विपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको हो। पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई…