१९ फाल्गुन ०७६,काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उहाँले सदन स्थगन गर्नुभएको हो । प्रतिनिधिसभा बैठकमा पार्वती डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन…