१ माघ ०७८, पनौती । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेलाअन्तर्गत आजदेखि मकर–स्नान सुरु भएको छ । तर स्वास्थ्य सुरक्षा–मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने मापदण्ड बनाइएको छ । काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाटमा एकपटकमा करिब दुई दर्जन भक्तजनको उपस्थिति गराई आजदेखि स्नान गर्न दिएको नगरले जनाएको छ ।…