१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बाङगेमुढासहित राजधानी नजिकका ४ ठाँउबाट लागूऔषधसहित युवाहरु पक्राउ



© copyright : lalitpurkhabar.comshyam phuyal

१ माघ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका २५ बाङगेमुढा बस्ने ३३ वर्षीय सुनिल श्रेष्ठलाई प्रतिबन्धित लागूऔषध ९ सय ४० एम्पुल डाइजेपाम, १ हजार ३ सय २० एम्पुल फेनारगन, ९ सय ५० एम्पुल नूर्फिन र नगद ४ लाख ४१ हजार १ सय ५० रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घरको कोठामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
भक्तपुर सूर्यविनायक नगरपालिका ८ बस्ने ५८ वर्षीया प्रिती तामाङ र सोही ठाउँ बस्ने ५२ वर्षीय खड्ग बहादुर तामाङलाई ५२ किलो ९ सय ७६ ग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका ५ भेलुखेल बस्ने ३७ वर्षीय लक्ष्मी नारायण देउलालाई सोही नगरपालिका ७ खसिबजार पुल हाउस नजिकबाट बिहीबार ५६ ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानको क्रममा प्रितीको साथबाट ४८ किलो ४ सय ५० ग्राम र खड्ग बहादुरको साथबाट ४ किलो ५ सय २६ ग्राम अवैध लागूऔषध गाँजा सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोटमा निर्मला खाजा घर संचालन गरी बस्ने काभ्रे रोसी गाउँपालिका–४ घर भएकी ३६ वर्षीया निर्मला श्रेष्ठलाई करिब १ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनको खाजा घरमा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका–७ गल्छी बजारबाट करिब ७ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका–५ छहरा बस्ने २० वर्षीया सिता रोकालाई शुक्रबार रातिप्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ६ : ३८ बजे