१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बलात्कारको आरोपमा गोकर्णेश्वर बस्ने श्रेष्ठ पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१ माघ ०७८, काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका(५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका(४ सघर्षनगर छेदिया बस्ने २३ वर्षीय बिमल थारुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ३५ बजे