२७ असोज ०७९, लुम्बिनी । निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत पलाउन थालेका छन् । “तराई अन्न भण्डारणको प्रमुख स्थान हो, यो समय भनेको किसानहरूको बाली भित्र्याउने समय हो”,…