१८ वैशाख । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटरमा दुई-दुई रुपैयाँ मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार निगमले केही पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको हो । नयाँ मूल्यसँगै पहिलो बर्गमा डिजेल-मट्टीतेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५०…