काठमाडौँ १२ जेठ । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग सुरुङमार्ग वारपार गरिएको (ब्रेक थ्रु)छ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले स्विच थिचि ब्लास्टिङ गरेर सुरुङमार्ग वारपार गरेका हुन् । यस अघि गढी गाउँपालिकामा…