१ जेठ । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका ४० वर्षीय उमेश सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ५ सय ७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।…