१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्कोस्थित आयोटा एकेडेमीमा दन्त परिक्षण,दुई सय विद्यार्थी लाभान्वित



३० वैशाख । ललितपुरको ग्वार्कोस्थित आयोटा एकेडेमीले समाज डेण्टल अस्पतालसँगको सहकार्यमा एक दिने निःशुल्क दन्त परिक्षण गरेको छ ।
समाज डेण्टल इमाडोल शाखाका इन्चार्ज लक्ष्मण खनालले सहभागी सेवाग्राहीको दन्त परिक्षणसँगै अत्यावश्यकीय औषधि वितरण गरिएको जानकारी दिएका छन् । जटिल समस्या देखिएका विरामीहरुलाई अस्पताल रिफर गरिएको इन्चार्ज खनालले बताएका छन् । निशुल्क स्वास्थ्य परिक्षण शिविरमामा २ सय जना विद्यार्थीले सेवा लिएका थिए ।
शनिबार सञ्चालन गरिएको क्याम्पमा अस्पतालबाट डा.स्मृती श्रेष्ठ र डा.विजया पाण्डले परिक्षण गरेका थिए भने ६ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । आयोटा एकेडेमीका प्रिन्सिपल दिपेन्द्र लिम्बुले स्वास्थ्य परिक्षणका क्रममा औषधिसँगै हुनसक्ने सबै सुविधा दिइएको जानकारी दिएका छन् ।
पछिल्लो समय गत फागुनमा विद्यालयले विद्यार्थीहरुको फुलबडी स्वास्थ्य परिक्षण गरेको थियो । विद्यालयमा आँखा र नाक,कान र घाँटीको स्वास्थ्य परिक्षण छिट्टै हुने प्रिन्सिपल लिम्बुले बताएका छन् ।
देशका प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गरेको ओयोटा एकेडेमीले विद्यार्थीहरुको स्वास्थ्यमा बिशेष ख्याल गर्ने गरेको प्रिन्सिपल लिम्बुले जानकारी दिए । उनले भने, हामी विद्यार्थीहरुलाई हाइजेनिक फुड खुवाउछौं । उनीहरुको व्यक्तित्व विकासका लागि खेलकुदलगायत विभिन्न कृयाकपालमा सहभागी गराउछौं ।
विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने गरेको छ । विद्यालयमा आरामदायी कक्षाकोठा र खुला चौरमा हिडडुल गर्ने वातावरण रहेको छ ।
पछिल्लो समय दशौं शाखाको रुपमा भर्खरै सञ्चालनमा भएको समाज डेण्टल अस्पतालबाट सबै दन्त सेवा दिइने खनालको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ४८ बजे