१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्को टहरामा आगलागी : ३ जनाको मृत्यु



ललितपुर

३१ वैशाख । गएको साता आइतबार ललितपुर ग्वार्को वाफलमा एक टहरामा आगलागीपछि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
ललितपुर प्रहरीका अनुसार आगलागीमा परेर उपचाररत घाइते ३२ वर्षीया रुपा गिरीको आज विहान मत्यु भएको छ ।
आगलागीमा परेर घाइते मृतकका पति सञ्जय गिरी र उनका भतिज १५ वर्षीय नित गिरीको उपचार भइरहेको छ ।
आगलागीको भोलिपल्ट छोरीहरु रु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको निधन भएको थियो ।
ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्कोस्थित एक टहरोमा आगलागीमा भएको थियो ।
मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी भएको थियो । आगलागीमा परेर परिवारका पाँचै जना सदस्य घाइते अवस्थामा उद्दार गरिएको थियो ।
आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ५८ बजे