१२ मंसिर ०७९, ललितपुर । पाँच दलीय गठबन्धन गरेर ललितपुरका तीन क्षेत्रमा उम्मेदवार उठाएको नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु पराजय भएपछि पार्टी जिल्ला संयोजक शिव कट्टेल र सचिव दिपक पूलामीले नैतिकताका आधारमा राजिनामा दिएका छन् । कट्टेल र पूलामीले निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन नसकेको भन्दै माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेललाई राजिनामा पत्र दिएका…