१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘दक्षिण ललितपुरका भूमिहिनलाई दुई महिनाभित्रै लालपुर्जा !’



२५ फागुन । दक्षिण ललितपुरका तीनै गाँउपालिकाका भूमिहीनलाई सरकारले जग्गासहित लालपूर्जा दिने भएको छ ।
विहीबार ललितपुरमा आयोजित कार्यक्रममा वागमती, कोञ्ज्योसोम र महाँकाल गाँउपालिकाका भूमिहीनलाई लालपूर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । छिटो काम भए दुई महिनाभित्रै यी गाउँपालिकमा जग्गा पहिचान गरेर वितरण गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भूमि आयोग ललितपुरले बागमती गाउँपालिकामा २० भूमिहीन दलित र ७४ भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । कोन्ज्योसोम गाउँपालिकामा भूमिहीन दलित ४, भूमिहीन सुकुम्बासी ३९ जना र महाङ्काल गाउँपालिकामा २ भूमिहीन दलित, ३४ भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा प्रदान गरि सकिएको पत्रकार सम्मेलनमा जिल्लास्थित आयोग अध्यक्ष श्रीगोविन्द महर्जनले जानकारी दिए ।
आयोगले गोदावरी नगरपालिकाभित्र २९ भूमिहीन दलित र १८७ भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेसँगै जिल्लाका ६ पालिकाका ३८६ जनालाई निस्सा दिइएको छ ।

जिल्लाभरका ६ स्थानीय तहमा ३१९५ भूमिहीन पहिचान भएको अध्यक्ष श्रीगोविन्द महर्जन बताउछन्।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार जिल्लाका ललितपुर महानगरपालिकाबाहेक पाँचैवटा स्थानीय तहले निस्सा वितरणको सम्झौता गरिसकेका छन् । तर ललितपुर महानगरपालिकामा भने अहिलेसम्म सम्झौता सकेको छैन ।
ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, वागमती गाउँपालिका,कोन्ज्योसोम गाउँपालिका र महाङ्काल गाउँपालिकाभित्र भूमिहीन दलित १०४, भूमिहीन सुकुम्बासी ५४१, अव्यवस्थित बसोबासी २५४७ सहित ३१९५ परिवार छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा भने लगत सङ्कलन भइरहेको छ ।
महर्जनले आगामीे दाबी गरे ।

गत २०७८ चैत १७ मा भूमि आयोग जिल्ला समिति ललितपुर गठन भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : २७ बजे